12/23/2021 2:23:07 PM
नाथ-योगी बाह्रपन्थी समुदाय सुचिकृत गरिदिनु हुन।
श्रीमान् अध्यक्षज्यु, हाम्रो यस नाथ-योगी बाह्रपन्थी समुदाय नेपाल सरकारले सुचिकृत गरेका कुनै पनि जात अन्तर्गत नपर्ने भएकोले हामीलाई राष्ट्रिय परिचय पत्र बनाउंदा होस् वा अन्य सरकारी कार्य गर्दा होस् ठुलो मर्का परेको छ। त्यस अबस्थामा सरकारी कर्मचारीले आफूखुसी चिनो लगाइदिएको जात स्विकार्नु पर्दा जातिय विभेदमा परेको महसुस हुने गरेको छ। तसर्थ यस अल्पसंख्यक जातीय समुदायमा पर्ने नेपालीहरुको संबिधानप्रदत्त सामाजिक न्याय एवं आत्मसम्मानको अधिकार कुण्ठित हुनबाट जोगाई अन्य नेपालीहरु सरहनै आत्मसम्मानका साथ बाँच्ने बातावरण निर्माणका लागि आवश्यक पहल गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ।