12/23/2021 8:30:06 PM
जाति तथा थर र गोत्र कायम गर्ने बारे
श्री अध्यक्ष ज्यू
राष्ट्रिय समावेशी आयोग
पुल्चोक ललितपुर
विषयः खस आर्यमा जाति तथा थर र गोत्र सूचिकरण गरिदिने सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा यस राष्ट्रिय समावेशी आयोगद्वारा हालै प्रकाशित सूचना बमोजिम खस आर्य समूहमा पर्ने थरहरुको सूचिकरण अध्ययन गरी तयार भएको प्रतिवेदनमा नेपालको २८ वटा जिल्लामा करिब तीन लाखको सँख्यामा रहेका भाट जाति अन्तर्गतका विभिन्न थरहरुको गोत्र समावेश नभएको सम्बन्धमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रानाभाट तथा भाट जातिको उत्पत्ति र विकास तथा कश्यप गोत्रीय वंशावली नामक ऐतिहासिक पुस्तकमा उल्लेखित कश्यप गोत्रअन्तर्गतका रानाभाट, राजभाट, विसी भाट र भाट थरहरुलाई भाट जातिको कश्यप गोत्रमा सूचिकरण गरिदिनु हुन सादर अनुरोध गरिन्छ ।
(नेपालहरि रानाभाट)
अध्यक्ष
कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठान