धन्यवाद सम्बन्धमा

धन्यवाद सम्बन्धमा

धन्यवाद सम्बन्धमा

राष्ट्रिय समावेशी आयोगले नेपालको संविधानको धारा २५९ र राष्ट्रिय समावेशी आयोग ऐन २०७४ को दफा ३ बमोजिम आफ्नो काम कर्तव्य र जिम्मेवारी पुरा गर्दै आएको छ। सोही अनुसार राष्ट्रिय समावेशी आयोगले नेपला सरकारलाई आफ्नो कार्य क्षेत्रसँग सम्बन्धित विषय मा सिफारिश गर्दै आएको छ। आयोगको बैठक संख्या २८-०७७/७८ मिति २०७८/०१/०२ गतेको निर्णयले "सरकारी सेवा (मन्त्रालय/ आयोग/ संस्थान/ परियोजना/बोर्ड/परिषद/सुरक्षा निकायहरु/अनुसन्धानका निकायहरु तथा अन्य सरकारी निकाय)" मा करार/मासिक पारिश्रमिक/दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी श्रमिकहरुलाई। योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउन नेपाल सरकारलाई सिफारिश गरी सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  पठाउने भनी निर्णय भई सोही अनुसार पत्राचार गरिएको।

 

नेपाल सरकारको मिति २०८१/१२/१५ गतेको निर्णयानुसार सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सूचीकृत गरी समाजिक सुरक्षा योजनामा सहभागी गराउने निर्णय गरिएको छ। अतः यस आयोगले दिएको सिफारिश कार्यान्वयन गर्ने निर्णय गरेकोमा नेपाल सरकारलाई आयोग धन्यवाद ज्ञापन गर्दछ।