१३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा शुभकामना सन्देश

शुभकामना सन्देश

१३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा शुभकामना सन्देश

हरेक वर्ष मे १ को दिन विभिन्न कार्यक्रम गरी विश्व भर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । सोही सन्दर्भमा यस वर्षको १३६ औ अन्तर्राष्ट्रिय श्रम दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमिकहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा सुरक्षित र मर्यादित जीवनका लागि राष्ट्रिय समावेशी आयोगको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक‌लाई मौलिक हकको रूपमा सुनिश्चित गरेको। त्यसैगरी, स्रोह्रौं योजनाले श्रम व्यवस्थापन‌मा सुधार गर्न र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने रुपान्तरणकारी रणनीति तय गरेको छ। विकास लक्ष्य‌को ८ नं. लक्ष्यले स्थिर, समावेशी र दिगो आर्थिक वृद्धि पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवर्द्धन गर्ने विषयलाई जोड दिएको छ।

नेपालको संविधान र राष्ट्रिय समावेशी आयोग ऐन 20७4 अनुसार 'श्रमिक' को विषय आयोगको कार्यक्षेत्र भित्र रहेको हुँदा श्रमिकहरुको हक अधिकारको संरक्षणका लागि यस आयोगले अध्ययन तथा अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिश गर्दै आएको छ। आयोगले श्रमिकहरुको हक अधिकार संरक्षणको लागि श्रम कानूनहरुको प्रभावकारी रुपमा कार्यान्वयन‌मा जोड दिदै आएको छ । साथै औपचारिक तथा अनौपचादिक क्षेत्रमा कार्यरत श्रमिहरुको मर्यादित ज्याला र तिनीहरुको सामाजिक सुरक्षाको कार्यान्वयनमा जोड दिदै आएको छ। श्रमिकहरुको जीवनलाई सुरक्षित एवम् मर्यादित बनाउन तथा श्रमिकहरूप्रति सम्मान अभिवृद्धि गर्न तीन तहका सरकार, निजी क्षेत्र, रोजगारदाता र श्रमिक संगठनहरुले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्ण तरीकाले काम गर्नु आवश्यक छ।

पुनः अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्वद्ध सबैमा अन्तर्राष्ट्रिय प्रतिवद्धता, दिगो विकासको लक्ष्य, नेपालको संविधान तथा प्रचलित कानूनद्वारा प्रदान गरिएका हक अधिकारको प्रत्यायभूतिका लागि हातेमालो गरी काम गर्न हार्दिक शुभकामना व्यक्त गर्दछु।